प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०८०
समुदाय‍-प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्‍न
२०८०-०८-२२

आ.व. २०८०/८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/०८/०५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “समुदाय‍-प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम” प्रथम समुहको मिति २०८०/०८/२२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरूको तर्फबाट प्राप्त गुनासोहरूलाई सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम सह-संयोजक प्रहरी निरीक्षक रेशमलाल पौडेलले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।